• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिसेयर आम्दानी घट्यो

 

काठमाडौं । विहिबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार बैंकको मुनाफा १ दशमलव २४ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड २० लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफामा पनि १ दशमलव सुन्य १ प्रतिशतले बढेर  ४६ करोड ३२ लाख रुपैयाँ भएको छ ।

चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी सुन्य दशमलव ८१ प्रतिशतले बढेर ९३ करोड ५२ लाख रुपैयाँ भएको छ ।

यसैगरी, बैंकको सञ्चालन मुनाफामा पनि सामान्य बृद्धि भएको छ । अघिल्लो बर्ष सोहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ८३ करोड ४ लाख रुपैयाँ रहेको र चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सुन्य दशमलव ६१ प्रतिशतले बढेर ८३ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

मुनाफामा सामान्य बृद्धि भए तापनि प्रतिसेयर आम्दानीमा भने गिरावट देखिएको छ ।

अघिल्लो बर्षको सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया ४७ पैसा रहेको तर हाल १ रुपैयाँ ४५ पैसाले घटेर ५ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात अर्थात पिई रेसियो १ सय १६ दशमलव ६ गुणा रहको छ ।

बैंकको प्रतिसेयर भने नेटवर्थ १ सय १० रुपैयाँ ७७ पैसा भएको छ ।  

बैंकको जगेडा कोष ४५ दशमलव ९२ प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, आईपिओ जारीसँगै बैंकको चुक्ता पूँजीमा बृद्धी भइ चैत मसान्तसम्म २० अर्ब रुपैयाँ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै