
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सांसद खिमविक्रम शाहीलाई अस्पतालले बन्दीको रुपमा राखिको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।
राष्ट्रिय जनमोर्चाले मतदानको बेलामा शाही अनुपस्थित हुनुलाई रहस्यमय खेल भएको दाबी गरेको छ ।
सोही दिन विहानसम्म सम्पर्कमा रहेका र आफू उपस्थित हुने बताएका सांसद शाही अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा भने सम्पर्कविहीन भएका थिए ।
त्यही कारण सभामुखले प्रदेशसभा बैठक स्थगित गर्नु परेको थियो । पछि उनी पोखराको चरक अस्पतालमा भर्ना भएको थाहा भएको थियो ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले भने आफू पार्टी र संसदीय दलको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । अस्पतालबाट वक्तव्य जारी गर्दै शाहीले भनेका छन्, ‘म अहिले उपचाररत छु, हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु ।’
आफ्नो स्वाथ्यमा सुधार आइरहेको भन्दै उनले आफू स्वस्थ भएपछि आफ्नो विषयमा उठेका प्रश्नहरुबारे प्रष्ट पार्ने बताएका छन् ।
प्रदेशसभाले गरेको कोरोना परीक्षण रिपोर्टमा शाहीको रिपोर्ट नेगेटिभ छ । एक निजी ल्याबमा गराएको परीक्षण रिपोर्ट भने पोजेटिभ छ । शाहीको हाल चरक अस्पतालको आईसीयूमा उपचार भैरहेको छ ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने शाही प्रकरण सरकार जोगाउन भएको चलखेलको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]