• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बृद्धि

काठमाडौं । शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक केही अङ्कले बृद्धि भएको छ ।

आज बिहिबार नेप्से सूचक २५ दशमलव ८२ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ११ विन्दुमा रोकिएको छ ।
 

आज २ सय १७ वटा कम्पनीको ९८ लाख १८ हजार ४६ कित्ता शेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन १ सय ५६ वटाको कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । त्यसैगरी, ३९ वटा कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

उपसमूहहरु मध्ये बैंकीङ् समूहमा ७ दशमलव ५५ अंकले, व्यापार समूहमा १ सय २६ दशमलव ५४ अंकले, विकाश बैंक समूहमा २७ दशमलव ३ अंकले, हाइड्रो पावर समूहमा ८० दशमलव २ अंकले र फाइनान्स समूहमा ५ दशमलव २३ अंकले बृद्धि भएको छ ।

लघुवित्त समूहमा ४४ दशमलव ३६ अंकले, निर्जीवन बीमा कम्पनी समूहमा १ सय २४ दशमलव ८ अंकले, जीवन बीमा समूहमा १ सय ४२ दशमलव ८८ अंकले बृद्धि भएको छ ।

त्यसैगरी, होटेल र पर्यटन समूहमा भने २७ दशमलव ७७ अंकले गिरावट आएको छ ।

बिहिबार महिला लघुवित्त वित्तिय संस्था र सिङगटी हाइड्रो पावरसबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २ दशमलव ८२ प्रतिशतले मूल्यमा गिरावत आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै