• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

कर्णाली सरकारले कोरोना रोकथाम तथा उपचारमा १ अर्ब बजेट छुट्यायो

काठमाडौं । कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले १ अर्ब रुपैयाँको बजेट छुट्याएको छ ।

कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीको अनुसार छुट्याइएको उक्त रकमबाट तत्काल ५० करोड रुपैँया विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको छ ।


 

तत्काल प्रदेश अस्पताल सुर्खेतलाइ कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि २२ करोड रुपैयाँ बजेट दिइएको जनाइएको छ । १२ करोड रुपैयाँ बजेट निकास गरी चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई पठाइएको जानकारी केसीले दिइन् । उनले पत्रकार सम्मेलनमा प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था पनि भएको बताइन् ।

केसीले उक्त क्षेत्रको प्रदेशसभामा जनप्रतिनिधि थोरै भएको कारण स्वास्थ्यका आधारभूत मापदण्डहरु अपनाई प्रदेशसभा सञ्चालन गर्न सकिने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै