काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा खिमविक्रम शाही प्रकरणले प्रजातन्न्त्रको धज्जी उढाएको बताएका छन् ।
जनमोर्चाका सांसद बिरामी भएर आईसीयूमा भर्ना भएको घटनालाई लिएर नेता पौडेलले विभिन्न आशंका व्यक्त गरेका छन् ।
आज एक अन्तर्वार्ता दिदै नेता पौडेलले यस्तो बताएका हुन् । ‘राजमो नीति–सिद्धान्तमा अड्ने पार्टी मानिएको थियो । तर, गण्डकीमा उसको सतित्व हरण भयो ।’ पौडेलले भने ।
बिरामी भनिएका सांसद खिमविक्रम शाहीको दुईथरि कोरोना रिपोर्टमा शंका भएकोले त्यस विषयमा छानविन हुनुपर्ने उनले बताएका छन् । शाहीलाई सांसद पदमा एक मिनेट पनि राख्नु नहुने पौडेलको माग छ ।
‘बिरामीको किर्ते रिपोर्ट बनाएर आईसीयूमा लुकाइएको छ । त्यहाँ डेमोक्रेसीको माखोल उडाउने काम भयो । यस्ता अलोकतान्त्रिक षडयन्त्रको गम्भीर छानविन हुनुपर्छ ।’
राजमोमाथि आफ्नो क्रेडिबिलिटी बचाउने चुनौती आइलागेको पौडेलले बताए । किर्ते रिपोर्ट बनाएर आईसीयूमा लुकाइएको छ त्यसको बारेमा छिटो छानविन हुनुपर्ने पौडेलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील