Dark

चितवनमा थपिए कांग्रेसका दश हजार क्रियाशील सदस्य

चितवन ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले १० हजार ८०७ नयाँ क्रियाशील सदस्यताका लागि केन्द्रमा सिफारिश गरेको छ । 

चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य थिए ।

 त्यस मध्ये १७ हजार २६ ले नवीकरण गरेका छन्  ।  नयाँ र पुराना गरी २७ हजार ८३३ क्रियाशील सदस्य सिफारिश गरिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ ।

कांग्रेसको अनुसार झापा र काठमाडौंपछि सबैभन्दा बढी क्रियाशील सदस्य रहेको जिल्ला चितवन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै