
काठमाडौं । आज बिहीबार एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको ‘एनआईबिएल समृद्धि फण्ड–२’ नामक सामुहिक लगानी कोषमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
दोस्रो दिन बुधबारसम्म माग गरिएको कुल इकाईको ८७ प्रतिशत भन्दा बढीको आवेदन परिसकेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
सोमबारदेखि प्रतिइकाई १० रुपैयाँको दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।
यसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरीएको छ भने बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।
उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन भर्न सक्ने जाइएको छ ।
उक्त इकाईको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।
धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक, वित्तीय संस्था तथा मेरो शेयरबाट फण्डको इकाईमा आवेदन दिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार