
काठमाडौं । रुसले नेपाललाई कोभिड–१९ विरुद्घको खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।
मस्कोबाट आएको उच्चस्तरीय टोली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीबीच आगामी डिसेम्बरसम्ममा नेपालले ८० लाख डोज खोप खरिद गर्ने बारे छलफल भएको हो ।
दुई पक्षबीच मूल्यको विषयमा सहमति भने भएको छैन । ‘रुससँग सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा समेत दिन आग्रह गरेका छौं । रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ । दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ,’ मन्त्री त्रिपाठीले भने ।
अनुदानका लागि चिठी लेखिसकेको र नेपालको आवस्यकता अनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने मन्त्री त्रिपाठीले बताएका छन् । औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिएको छ ।
उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको भए पनि सरकार भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारीमा लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]