
काठमाडौं । कोरोना महामारीको कारण गत साल धेरै व्यवसाय क्षेत्रमा प्रभाव परेको थियो । यसमध्ये धेरै चुनौतीपूर्ण रहेको व्यवसाय गाडी खरिदविक्री व्यवसाय पनि थियो । यस व्यवसायको कारोबार गत सेप्टेम्बरबाट मात्र केहि पुन ः सक्रिय रुपमा सुचारु भएको जनाइएको छ ।
नेपालमा गत सालको दशैँ र तीहारमा भने व्यवसायमा केहि हर्ष र आशा थपिएको थियो । अन्य समयभन्दा फरक गरी चाडमा गाडी विक्रिमा केहि उत्साह थपियो र सुधार आयो । यस अवधिमा केहि नयाँ मोडेलका गाडीहरुले पनि थुप्रै ग्राहकहरुलाई आकर्षण गरेको थियो ।
यहाँ, हामीले सबैभन्दा बढी विक्रि भएका ५ कारहरुको विवरण लिएर आएका छौँ ।
१) महिन्द्र स्कोर्पियो ः
महिन्द्र स्कोर्पियो सन् २०२०मा सबैभन्दा धेरै आयात गरिएको एसयुभि गाडी हो । नेपालमा अधिकतम आयात हुने गरेको यो मोडेलको गाडी यसपाली ८२२ युनिट गाडी भित्रिएको थियो ।
यो २५२३ सिसिको डिजेल इन्जिन गाडी हो । माइलेज १५.४० किलोमिटर प्रति लिटर भएको यस गाडीमा १८० मिमिको ग्राउन्ड क्लियरेन्स छ । एन्टी लक ब्रेकिङ सिस्टम , २ वटा एयरब्याग , सिट बेल्ट वार्निङ, इन्जिन चेक वार्निङ लगायतका सुविधा यस गाडीमा पाइन्छ ।
महिन्द्र कम्पनि भारतको कम्पनी हो जुन सन् १९४५ सालमा इस्थापित भएको थियो । कम्पनीले सानो गाडी, ठूलो गाडी, तथा ट्रयाक्टरहरु पनि बनाउने गर्छ ।
२) ह्युन्डाई क्रेटा ः
ह्युन्डाई क्रेटा उत्कृष्ट विक्रि भएकाहरुमध्ये दोस्रो बन्न पुगेको छ । ह्युन्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्सीयल प्रा.ली.ले सन् २०२०मा ८०६ युनिट क्रेटा आयात गरेका थिए । यो १५९१ सिसिको पेट्रोलको गाडी हो । माइलेज १५.२९ किलोमिटर प्रति लिटर भएको यस गाडीमा १९० मिमिको ग्राउन्ड क्लियरेन्स छ । यो कम्प्याक्ट एसयुभि कारको टप स्पिड १६५ किलोमिटर प्रति घन्टा छ । यसमा २ वटा एयरब्याग, सिट बेल्ट वार्निङ, क्रास सेन्सर जस्ता सुविधा छन् ।
ह्युन्डाई मोटर कम्पनी दक्षीण कोरियामा सन् १९६७ सालमा स्थापना भएको थियो । कम्पनीले कारहरु बाहेक ट्रक र बसहरु पनि म्यानुफ्याक्चर गर्छ ।
३) ह्युन्डाइ ग्रान्ड आइ टेन
ह्युन्डाइ ग्रान्ड आइ टेन उत्कृष्ट विक्रि भएकोमा तेस्रो स्थान पुगेको छ । कम्पनील यस ३८१ युनिट पुरानो ग्रान्ड आइ टेन र ३९७ युनिट ग्रान्ड आइ टेन नियोस आयात गरेको थियो । यस एसयुभि कार ११९७ सिसिको पेट्रोल गाडी हो । माइलेज १९.७७ किलोमिटर प्रति लिटर भएको यस गाडीमा १६५ मिमिको ग्राउन्ड क्लियरेन्स छ । एसयुभि कारको टप स्पिड १६५ किलोमिटर प्रति घन्टा छ । यसमा एउटा एयरब्याग, सिट बेल्ट वार्निङ, क्रास सेन्सरलगायतका सुविधा छन् ।
४) मारुती सुजुकी ब्रेज्जा
नेपालमा अर्को उच्च सङ्ख्यामा आयात गरीएको कार मारुती सुजुकी ब्रेज्जा हो । लोकप्रिय सुजुकि ब्रेज्जामा नयाँ पेट्रोल इन्जिनको मोडेल आएपछि यसको विक्री बढेको छ । नेपालमा गत साल मात्र ७५५ युनिटको गाडी विक्रि भएको छ ।
माइलेज २४.२९ भएको यस गाडीमा १९८ मिमिको ग्राउन्ड क्लियरेन्स छ । यो कम्प्याक्ट एसयुभि कारको टप स्पिड १७२ किलोमिटर प्रति घन्टा छ । यसमा २ वटा एयरब्याग, सिट बेल्ट वार्निङ, क्रास सेन्सर जस्ता सुविधा छन् ।
मारुती सुजुकी भारत लिमीटेड भारत सरकारले सन् १९८१ देखि २००३ सालसम्म स्थापना गरेको थियो । कम्पनी जापानको सुजुकी मोटर कम्पनीको सब्सीडायरी हो ।
५) किया सेल्तोस
किया सेल्तोस उच्च सङ्ख्या विक्रि भएको भनी पाचौँ स्थानमा पुगेको छ । कन्टिनेन्सीयल ट्रेडिङले सन् २०२०मा ५१४ युनिट किया सेल्तोस आयात गरेका थिए । यो १४९३ सिसिको डिजेल गाडी हो । माइलेज १७.८को यस गाडीमा १९० मिमिको ग्राउन्ड क्लियरेन्स छ । यसमा ६ वटा एयरब्याग, एन्टि लक ब्रेकिङ सिस्टम, क्रास सेन्सरलगायतका सुविधा छन् ।
किया कम्पनी दक्षीण कोरियामा ह्युन्डाई मोटर कम्पनीपछि दोस्रो अटोमोबील म्यानुफ्याक्चर गर्ने कम्पनी हो । यसको स्थापना सन् १९४४ सालमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]