• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

निषेधाज्ञाभर अनलाइनबाट मात्र सेयर कारोबार गरिने

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गरी विद्युतीय माध्यमबाट मात्र सेयर कारोबार हुने जनाएको छ ।

 

काठमाडौंमा आजबाट निषेधाज्ञा शुरु भएको छ । अत्यावश्यक सेवाबाहेकका सवारीसाधन, व्यापार व्यवसाय, शैक्षिक संस्थालगायत बन्द रहने छन् । सोही कुराको मध्यनजर गर्दै सेयर कारोबार विद्युतीय माध्यमबाट मात्र गर्ने निर्णय भएको एसोसिएसनले गरेको छ ।
विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जले जारी गरेका निषेधाज्ञा र स्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरूको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगबाट धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न÷गराउन धितोपत्र दलाल व्यवसायीहरू पूर्णरूपमा तयार रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै