
काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएको छ ।
अस्पतालका कर्मचारि नै कोरोना संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालले जानाएको छ । कोरोना संक्रमित तीव्र रुपमा थपिएका छन् ।
प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना कोरोना मुक्त भएका छन् । बाँकी आइसोलेसनमा छन्, भएको जनशक्ति पनि संक्रमित भइदिँदा २४ सै घण्टा संक्रमितको उपचारमा खटिनु पर्ने अवस्था छ ।’ महर्जनले बताइन् ।
बेडको सीमितता र जनशक्ति अभावका कारण अस्पतालमा अक्सिजन दिनु पर्ने बिरामीलाई मात्रै भर्ना गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि एकजना मात्रै २४ सै घण्टा संक्रमितको उपचारमा खटिएको बताइएको छ ।
अस्पतालमा २० जना स्टाफ नर्सका दरबन्दी रहेको भन्दै अन्य वार्डबाट पनि २र२ जना स्टाफ नर्सलाई तानेर कोभिड आइसोलेसनमा परिचालन गरिएको महर्जनले बताइन् ।
यस्तै अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन दिएर उपचार गराउनु परेका कारण आफूहरु पनि २४ सै घण्टा खट्नु पर्ने बाध्यता रहेको बताएकी छन् ।
प्रत्येक दिन संक्रमित बढ्दै गएका कारण बिरामीलाई अक्सिजन दिन नपर्ने गरी सुधार आउन साथ डिस्चार्ज गरेर पठाउने गरिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]