
जनकपुर । जसपा नेता कार्यकर्ता माथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेसँगै प्रदेश–२ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको मुद्दा फिर्ता भएको छ ।
कुशवाहामाथि बलवा प्रहरी चौकी तोडफोड तथा आगजनीको मुद्दा रहेको छ । मधेस आन्दोलनका क्रममा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा कुशवाहासहित १९ जनामाथि मुद्दा चलाइएको थियो ।
जसपाको आग्रहमा सरकारले १५ घटनाका १२० जनाको सरकारवादी मुद्दा फिर्ता लिएको छ । जसमा बलवा प्रहरी चौकीमाथि भएको आक्रमणको घटनामा संलग्न भनिएका १९ जनाको मुद्दा समेत फिर्ता भएको छ ।
उक्त घटनामा संलग्न मनरासिस्वा नगरपालिकाकी उपमेयर रमिता प्रधानकी श्रीमान् विनोद गामीको मुद्दा पनि फिर्ता भएको छ ।
सोही प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको मुद्दा भने फिर्ता भएको छैन ।
सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सशस्त्र प्रहरीका असई थमन विक हत्याको आरोप छ । सोही घटनामा संलग्न २८ जनामाथि मुद्दा छ । उक्त घटनासँग सम्बन्धित कसैको पनि मुद्दा पनि फिर्ता भएको छैन ।
मधेस आन्दोलन उग्र बनेको बेला ०७२ भदौ २५ मा जलेश्वरमा भएको झडपमा घाईतेभएका असई बिकलाई उपचारका लागि एम्बुलेन्समार्फत जनकपुरधाम ल्याउने क्रममा बाटोमै थुतेर अभिराम शर्माको समुहले उनको हत्या गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]