
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागले बैशाख ४ र ६ गते यति एयरलाइन्सको हवाई कार्गोमा छापा हानी राजश्व छलीका सामान बरामद गरेको छ ।
मालसामान ओसार–पसार गर्नुपूर्व ढुवानी हुने वस्तुको विवरण राजश्व अनुसन्धान विभागले केन्द्रीय सूचना प्रणालीमा जानकारी गराउनुपर्ने व्यवस्था लागु गरेको छ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिए) भनिने उक्त प्रणालीलाई छलेर हवाईमार्गबाट सामान ढुवानी गरी राजश्व छली गरेको भेटिएको छ ।
झापा भन्सार प्रशासन र जनपद प्रहरीको सूचनाको आधारमा विभागले भद्रपुरबाट काठमाडौं आएको यति एयरलाइन्सको हवाई कार्गोमा छापा हानेको कुरा राजश्व अनुसन्धान विभागका प्रवक्ता शिवलाल तिवारीले बताए ।
‘क्रेता नक्कली हो कि भन्ने शंका लागेर केही पोका सामान हामीले राजश्व अनुसन्धान विभागमा ल्याएका छौं । सामान धनी विभागमा आइपुगेको छैनन्, हामी त्यसको खोजीमा छौं,’ तिवारीले बताए ।
भन्सार कार्यालय श्रोतले जनाए अनुसार बरामद भएको सामान अमित इन्टरप्राइजेजको नामबाट भिसिटिएस प्रणालीमा राखिएको देखिन्छ । तर सो सामान काठमाडौं पठाउँदा भने व्यक्तिको नाममा पठाइएको भेटिएको छ ।
सामान्य बिलमात्र काटेर पठाएको र अरु कुनै कागजात नभएका कारण सामान कहाँबाट ल्याइएको हो भन्ने नखुलेको र बाहिरबाट आयात भएको सामानजस्तो देखिए पनि प्रज्ञापनपत्र नभएको जनाइएको छ
बरामद भएका सामानमा लेडिज टप्स ७९१ थान, लेडिज कुर्ता ९८ थान, गन्जी ११८ थान र सारी ५५ थान लगायत सामग्री भेटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील