
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो ।
निर्णयअनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ ।
यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ ।
गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि निषेधाज्ञासम्बन्धी आदेश जारी गरिएको थियो भने आजदेखि कार्यान्वयनमा आएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले छुट्टाछुट्टै सूचना निकालेर निषेधाज्ञासम्बनधी आदेश जारी गरी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]