• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

आन्तरिक उडानका यात्रु बोक्ने भनिएका साझाका बस बिहीबार नचल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने निषेधाज्ञाका क्रममा शुचारु रहेन आन्तरिक हवाई उडानका यात्रु बोक्न (विमानस्थलसम्म पुर्‍याउन) बिहीबार भने साझा यातायातका बस नचल्ने भएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीबीच मंगलबार भएको छलफलमा आन्तरिक हवाई उडानका यात्रु बोक्नका लागि साझा यातायातका बस चलाउने सहमति भएको थियो। 

तर, नागरिक उड्डयन प्राधिकरणले बस सञ्चालनका लागि आफूहरुसँग कुनै सहकार्य नगरेको साझा यातायातका सीईओ महेन्द्रराज पाण्डेले जानकारी दिए। 

‘आन्तरिक हवाई उडानका यात्रु बोक्नका लागि साझा यातायातका बस प्रयोग गर्ने भन्ने कुरा आएको रहेछ, तर त्यस विषयमा हामीसँग कुनै छलफल भएको छैन,’ साझा यातायात सहकारी लिमिटेडका सीईओ पाण्डेले भने।

सरकारी निकायले आवश्यक समन्वय गरे शुक्रबारदेखि बसहरु सञ्चालन गर्न सकिने सीईओ पाण्डेको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै