Dark

एनआईबिएल समृद्धि फण्ड – २ को ८७ प्रतिशतभन्दा बढी इकाई बिक्री

काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को दोस्रो दिनमा ८७ प्रतिशतभन्दा बढी आवेदन परेको छ ।

क्यापिटलद्वारा प्रतिइकाई १० रुपैयाँको दरमा बैशाख १३ गतेदेखि १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको छ ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरेको छ भने बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्री गर्दै छ ।

इकाई खरीदको आवेदन दिन छिटोमा वैशाख २६ गते तोकिएको छ ।

न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था फण्डमा रहेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै