Dark

गण्डकी प्रदेशः कांग्रेस र माओवादीको इसारामा बैठक स्थगित गरेको एमालेको आरोप

पोखरा । गण्डकी प्रदेशसभाको बैठक सुचना टासेर स्थगित भएको छ । अर्को सुचना प्रकाशित नहुँदासम्म सो बैठक स्थगित गरिएको हो । 

जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन् । 

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अरोप एमालेले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै