Dark

पत्रकारले संस्थाको परिचयपत्र प्रयोग गरी समाचार संकलन गर्न पाउने

काठमाडौं । निषेधाज्ञाको समयमा पत्रकार तथा सञ्चारकर्मीले कार्यरत संस्थाले जारी गरेको परिचयपत्र प्रयोग गरी समाचार संकलन तथा आवत जावत गर्न पाउने भएका छन् । 
 

काठमाडौं उपत्यकाका तीन  प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।  स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न पत्रकारहरूलाई आग्रह गरिएको छ ।

पत्रकार, सञ्चारकर्मी तथा सञ्चारगृहमा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको  परिचयपत्रका आधारमा आवतजावतका लागि सहयोग गर्न तीनै जिल्लाका प्रशासन कार्यालयले उपत्यकाका प्रहरी कार्यालयहरुलाई आग्रह गरेका छन् । 

यसअघि सूचना विभागले जारी गरिएको प्रेस पास अनिवार्य  गरिएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै