Dark

प्रहरी प्रधान कार्यालयमा पनि देखियो कोरोना भाइरस

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरीका ४० जना उच्च अधिकारीहरुसहितलाई संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।

अघिल्लो वर्ष पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट कोरोना फैलिएको थियो ।

हाल देशभर ९२ जना प्रहरी कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिएको छ भने तीमध्ये अधिकांश उपत्यकामा कार्यरत छन् । साढे ३७ हजार प्रहरीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको तथ्यांक छ ।

सशस्त्र प्रहरी बलमा पनि ३० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु उपत्यका र ७ नम्बर प्रदेशमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै