• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

प्राइम बैंकको खुद नाफा ३८ दशमलव ७६ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकले ३८ दशमलव ७६ प्रतिशतले खुद नाफा बृद्धि  गरेको छ ।

गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

जुन चालु आवको सोही अवधिमा ७८ करोड ७० लाख रुपैयाँले थप गरी २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ हुन पुगेको छ ।


 

बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा सो अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब २० करोड ४ लाख रुपैयाँ भएको उल्लेख छ ।

त्यस्तै, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ १७ दशमलव ६५ प्रतिशत तथा कर्जा प्रवाहतर्फ १६ दशमलव ६८ प्रतिशतको वृद्धि गरेको छ । चालु आवको चैत मसान्तसम्म १ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र १ खर्ब २८ अर्ब ८५ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ ।

बैंकले ४ अर्ब ४० करोड ६४ लाख रुपैयाँ खुद ब्याज कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ८९ प्रतिशतले बढेको छ ।

सो अवधिमा बैंकको सञ्चालन आम्दानी ४१ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म ४ अर्ब ६ करोड ४४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ५ अर्ब ७७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, उक्त अवधिमा बैंकको खराब कर्जा अनुपात  सुन्य दशमलव ८६ प्रतिशत, बेसरेट ७ दशमलव १४ प्रतिशत, स्प्रेडरेट ४ दशमलव ३८ प्रतिशत, सीसीडी रेसीयो ८२ दशमलव ३१ प्रतिशत र पुँजी कोष अनुपात १४ दशमलव सुन्य ७ प्रतिशत रहेको छ ।

अहिले चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा, मूल्य आम्दानी अनुपात १९ रुपैयाँ ३१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ८८ पैसा र तरलता अनुपात २३ दशमलव १२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै