
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा घोषणा भएसंगै उपत्यका छाड्नेहरुको भिड लागेको छ ।
काठमाडौंमा पढ्न, व्यवसाय गर्न, मजदुरी गर्न र रोजगारीका लागि बसेकाहरु निषेधाज्ञाका कारण आफ्नो गाउँ फर्किन थालेका हुन् ।
सरकारले गाउँ फर्किन दुई दिनको छोटो समय दिएसंगै बल्खु, नयाँ बसपार्क, कलंकी र कोटेश्वर लगायतका क्षेत्रमा सर्वसाधारणको अत्यधिक भिडभाड बढेको छ ।
टिकट काट्ने र गाडी चढ्ने बेलामा सर्वसाधारणको सास्ति भोग्नु परिरहेको छ ।
लाइनमा बसेका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका छैनन् । यसरी भिडभाड बढेसंगै उपत्यका छाड्नेहरुबाट कोरोना संक्रमण फैलनसक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न