• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

नविल बैंकको खुद नाफा साढे १६ प्रतिशतले बृद्धि

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकको खुद नाफा १६ दशमलव ५० प्रतिशतले बृद्धि भएको छ ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा ५२ करोड रुपैयाँले बृद्धि भइ ३ अर्ब ६७ करोड रुपैयाँ भएको छ ।



 

सार्वजनिक गरिएको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस अवधिभर ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको उल्लेख छ ।

त्यस्तै, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ९ दशमलव १९ प्रतिशतले र कर्जा प्रवाहतर्फ २५ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको जनाइएको छ ।

चालु आवको उक्त अवधिसम्म २ खर्ब ८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले १ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ जुन गत आवको सोही अवधिको तुलनामा ५ प्रतिशत शन्य ९ प्रतिशतले कम छ । यद्यपी, यस अवधिमा बैंकको सञ्चालन आम्दानी १० दशमलव ५४ प्रतिशतले बढेको छ ।

गत आवको चैत मसान्तसम्म ७ अर्ब ६ करोड ७७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ७ अर्ब ८१ करोड २४ लाख रुपैयाँको आम्दानी गरेको छ ।

बैंकको खराव कर्जा अनुपात सुन्य दशमलव ४८ प्रतिशत, बेसरेट ६ दशमलव १८ प्रतिशत, स्प्रेडरेट ३ दशमलव २० प्रतिशत र पुँजी कोष अनुपात १२ दशमलव २८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै