
काठमाडौं । गण्डकी प्रदेशसभाका ३ जना सांसद र १ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला र कांग्रेसका मनकुमारी गुरुङ रहेका छन् ।
मंगलबार सत्तारुढ एमालेले सांसदको पिसिआर परीक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब संकलन गरिएको थियो ।
उक्त स्वाब परीक्षण गर्दा ३ जना सांसदको रिपोर्ट पाजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिएका छन ।
सदन अवरोध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएकालाई बोल्न नदिने तर मतदान गर्न दिने सहमति भएको छ ।
सभामुख नेत्रनाथ अधिकारी ३ जना सांसदलाई कोरोना संक्रमण भएको जानकारी आफुले पाएको भन्दै संक्रमितलाई मतदान गर्न छुट्टै व्यवस्था मिलाउने बताएका छन् ।
‘संक्रमितहरुलाई मतदान गर्न छुट्टै व्यवस्था गरिनेछ । अविश्वास प्रस्तावमा छलफलमा उठेको प्रश्नको जवाफ मुख्यमन्त्री ज्युले दिनुहुन्छ र मतदान अघि बढ्छ।’ सभामुख अधिकारी भने ।
अविश्वास प्रस्ताव माथि मतदान कहिले हुने भन्ने टुङ्गो भने लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील