
काठमाडौं । एनआइसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।
गत आवको सोही अवधिको तुलनामा यो २० दशमलव सुन्य ७ प्रतिशतले बढी हो । गत आवको उक्त अवधिमा २ अर्ब ५० करोड रुपैयाँ आम्दानी भएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आवको समीक्षा अवधिमा ५ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको र चालु आवको सोही अवधीमा ६ अर्ब ५८ करोड रुपैयाँ आम्दानी पुगेको छ ।
त्यस्तै, सञ्चालन नाफा ३ अर्ब ६० करोड रुपैयाँबाट बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी भने ३४ दशमलव ८७ रुपैयाँ छ र मूल्य आम्दानी अनुपात २७ दशमलव ८२ रुपैयाँ रहेको छ ।
हाल, बैंकको खराब कर्जा शुन्य दशमलव ४७ प्रतिशत छ भने कस्ट अफ फण्ड ५ दशमलव सुन्य ३ प्रतिशत र सीसीडी रेसिया ८४ दशमलव २१ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]