काठमाडाैं । चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।
उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच मंगलबार भर्चुअल छलफलका क्रममा ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए।
नेपालसहितका दक्षिण एसियाली मुलुकमा पछिल्लो समय भाइरस संक्रमण ह्वात्तै बढेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]