रुपन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १९ गतेलाई डाकिएको छ ।
लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्घ दर्ता भएको अविश्वासको प्रस्तावको टुंगो लगाउन विशेष अधिवेशन डाकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार वैशाख १९ आइतबार दिनको दिउँसो एक बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको बताएका छन् । सूचना प्रकाशित सभामुखसँगको छलफलपछि गर्ने तयारी भइरहेको बताएका छन् ।
गत वैशाख ६ गते नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
त्यसलगत्तै विपक्षी दलले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै गरेका थिए ।
अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका सभामुखसहित १८ र नेपाली कांग्रेसका १९ सांसद भने जसपामा एमाले र नयाँ मोर्चा कसलाई साथ दिने विषयमा विवाद छ ।
प्रदेशसभामा अहिले कायम रहेका ८५ सांसदमध्ये मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको नेकपा एमालेका ४१ सांसद छन् ।
त्यसैगरी हालै सरकारमा सामेल जसपाका ६ सांसद छन्, जसमध्ये ४ जना मन्त्री नै बनेका छन् ।
कांग्रेस माओवादीले एमालेभित्रका केही सांसद र जसपाका सांसदले अविश्वासको पक्षमा मत हाल्ने अपेक्षासहित अगाडि बढेका छन्।
कांग्रेस माओवादीलाई साथ दिने २ सांसद जसपामा छन् भने १ सांसद भएको जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने घोषणा गरेको छ ।
प्रदेशसभाको हिउँदे अधिवेशन चैत २५ गते अन्त्य भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार