
काठमाडौं । सर्वोच्च अदालतले उज्यालो नेटवर्कका दुई जना पत्रकार पक्राउबारे सरकारलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
आइतबार उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परेको रिटमा अदालतले सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
उज्यालो नेटवर्क अनलाईनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेको थियो ।
उच्च अदालत पाटनले पत्रकारमाथि धरपकड नगर्न आदेश दिएकोमा प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उज्यालो नेटवर्क अनलाईनका पत्रकारलाई पक्राउ थियो ।
पत्रकारलाई धरपकड नगर्न उच्च अदालतले आदेश दिईसकेको भन्दै प्रेस काउन्सिलले गृह मन्त्रालयको ध्यानाकर्षण गरेको थियो ।
गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवकले असावधानी बस समाचार प्रकाशन भएको भन्दै माफी मागिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार