Dark

चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले वैशाख १६ गतेदेखि लागु हुने गरी सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

मंगलबार सूचना निकालेर अनलाइन आवेदनअर्को सुचना नआउन्जेलसम्मका  लागि बन्द गरेको हो ।

कोरोना महामारी दोस्रो लहरको फैलिएको भन्दै विभागले सुचना निकालेर यस्तो निर्णय गरेको जानकारी दिएको छ । 

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै