• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

फ्लोर क्रस गरेका एमालेका तीन सासंद मन्त्रीबाट पदमुक्त

सुर्खेत । पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गरेका कर्णाली प्रदेशका एमालेका चारमध्ये तीन सांसदले भोलिपल्टै मन्त्रीमा नियुक्त भए ।

तर, पार्टीले कारवाही गरेपछि मन्त्री बनेको आठ दिनमै उनीहरु पदमुक्त भएका छन् । पार्टी ह्वीप उल्लंघन गर्दै मन्त्री बनेका एमालेका तीन सांसद, सांसद पद गुमे संगै मन्त्रीबाट पनि स्वतः बर्खास्त भएका हुन् ।

वैशाख ३ गते भएको विश्वासको मत लिने सम्बन्धी मतदानमा एमालेका चार सांसद प्रकाश ज्वाला,अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

चारमध्ये ज्वालाबाहेक तीन सांसदलाई भोलिपल्टै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाए र सपथग्रहण समेत गराएका थिए।

तर,पार्टीको सिफारिसमा सांसद पद निलम्बनमा परेसँगै उनीहरु मन्त्रीबाट पनि पदमुक्त भएका हुन् । निलम्बित प्रदेश सांसदलाई फेरि मन्त्रीमा सपथग्रहण गराउने बारे औपचारिक जानकारी दिइएको भने छैन ।

सोमबार बसेको बसेको कर्णाली प्रदेश सभाको वैठकले तीन मन्त्रीसहित ४ एमाले सांसदहरु पदमुक्त भएको घोषणा गरेको थियो । 

निलम्बनमा परेका नेकपा एमाले नेपाल समूहका सांसदले अब मन्त्री बन्नका लागि संविधानको धारा १७० को उपधारा १ बमोजिम स्वतन्त्र सांसदको हैसियतमा पुनःसपथग्रहण गर्नुपर्ने हुन्छ । तर,मन्त्री पद गएको २४ घण्टा बित्न लाग्दासम्म पदमुक्त मन्त्रीहरुको सपथग्रहणको टुंगो भने लागेको छैन ।

‘उहाँहरुको फेरि सपथग्रहण गराउनेबारे केही निर्णय भएको छैन,’एक मन्त्री भन्छन्,‘सायद आज या भोलीमा होला कि रु’यसबारेमा कुरा गर्न खोज्दा गण्डकी प्रदेश सरकारको प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीको  फोन उठेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै