
काठमाडौं । शेयर बजारमा साताको तेस्रो दिन मंगलबार कारोबारमा उल्लेखनिय रुपमा सुधार देखिएको छ ।
आज मंगलबार नेप्से सूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव सुन्य आठ विन्दुमा रोकिएको छ ।
आज २ सय १६ वटा कम्पनीको १ करोड २ लाख २ हजार २ सय १९ कित्ता शेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन २०० वटाको कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने मात्र ८ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।
उपसमूहहरु मध्ये बैंकीङ् समूहमा ४५ दशमलव १३ अंकले, व्यापार समूहमा १ सय ९० दशमलव ७२ अंकले, होटेल र पर्यटन समूहमा ३९ दशमलव ३५ अंकले, विकाश बैंक समूहमा ९३ दशमलव ७६ अंकले, निर्जीवन बीमा कम्पनी समूहमा ५ सय ४३ अंकले, जीवन बीमा समूहमा ५ सय ५८ दशमलव ६३ अंकले र हाइड्रो पावर समूहमा १ सय ५३ अंकले बृद्धि भएको छ ।
मंगलबार अपर तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तिय संस्था, युनाइटेड बीमा कम्पनी लगायतका शेयर झण्डै १० प्रतिशतल मूल्यले बृद्धी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार