Dark

पीसिआर परीक्षण गर्दा तोकेको शुल्क भन्दा बढी नलिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पीसिआर परीक्षणको तोकेको शुल्क भन्दा बढी नलिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । 

मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तोकिएको भन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले पिसिआर सरकारी प्रयोगशालामा परीक्षण गरेबापत एक हजार तोकेको छ भने निजी प्रयोगशालामा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । 

तर निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएपछि तोकिएको शुल्कमात्रै लिन मन्त्रालयले आग्रह गरेको छ । 

निजी प्रयोगशालाले परीक्षण गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको शुल्क मात्र लिन अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै