
काठमाडौं । गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी दलहरुले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्घ अविश्वास प्रस्ताव ल्याएसंगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले गण्डकी प्रदेशसभामाका आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।
कर्णाली प्रदेशसभा र लुम्बिनी प्रदेशसभामाझै गण्डकी प्रदेशसभामा पनि त्यस्तो काण्ड नदोहोरियोस् भनेर दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।
कांग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा बसेका छन् भने जसपाका सांसद भने छुट्टै बसेका छन् ।
गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ , माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २, मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित १ गरी जम्मा ६० जना सांसद छन् । त्यसमध्ये नेकपा एमालेका २७ सांसद छन् ।
नयाँ सरकार गठनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । अहिलेको अवस्थामा विपक्षी गठबन्धनसँग ३१ मत प्रस्ट देखिन्छ ।
कांग्रेसका १५,जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा ३ र माओवादी १२ गरी कुल ३२ मत छ । माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार