Dark

सिद्धार्थ बैंकको नाफा ५४ दशमलव  १२ प्रतिशतले बृद्धि

काठमाडौं । चालु आवमा सिद्धार्थ बैंकको तेस्रो त्रैमाससम्मको नाफामा ५४ दशमलव १२ प्रतिशतले बृद्धि भएकको छ ।
गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ नाफा आम्दानी गरेको थियो ।चालु आवको सोही अवधिमा नाफा बढेर २ अर्ब ६ करोड ५२ लाख पुगेको जनाइएको छ ।
 

बैंकले समीक्षा अवधिमा निक्षेप संकलनतर्फ १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँदेखि बढाएर हाल चालु आवको सोही अवधिमा १ खर्ब ७२ अर्ब ३१ करोड रुपैयाँ बनाएको छ । त्यस्तै, कर्जाप्रवाहतर्फ १ खर्ब २३ अर्ब ५७ करोड रुपैयाँ बढाएर १ खर्ब ५३ अर्ब ५ करोड रुपैयाँ भएको छ ।

बैंकको रिजर्भमा ८० करोड ४९ लाख रुपैयाँ रहेको छ । त्यस्तै,  वितरणयोग्य नाफा ८३ करोड १४ लाख ४९ हजार छ । खराब कर्जा अनुपात ० दशमलव ८८ प्रतिशत, कस्ट अफ फण्ड ५ दशमलव सुन्य ९ प्रतिशत, सीसीडी रेसियो ७८ दशमलव सुन्य १ प्रतिशत, बेस रेट ६ दशमलव ९९ प्रतिशत र स्प्रेड रेट ३ दशमलव ९० प्रतिशत रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै