
प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्घ अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी भईरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी(जसपा)को निर्णय कुरिरहेका छन् । जसपा संसदको चौंथो ठूलो दल हो ।
जसपाका शीर्ष नेताहरूको बैठकमा अहिले प्रधानमन्त्री ओलीविरूद्घ अविश्वास प्रस्ताव लैजाने र कांग्रेस–माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे छलफल भैरहेको छ ।
जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउन महन्थ ठाकुर र राजेन्द्र महतोले पहल गरिरहेका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीसँग मिल्न नहुने अडानमा रहेका छन् ।
माओवादी केन्द्रले बताए अनुसार कांग्रेस–माओवादी दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन् ।
जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्घ अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको कांग्रेसका निकट स्रोतले जानकारुी दिएको छ ।
कांग्रेस र माओवादी केन्द्रले छलफल गरेर अविश्वासको प्रस्ताव लैजाने निष्कर्षमा पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार