
काठमाडौं । कारोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै सरकारले बिहिबारदेखी निषेधाज्ञो घोषणा गरेपछि उपत्यका छोडेर घर फर्किने संख्या तिब्र रुपमा बढेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले १६ गते देखी वैशाख मसान्त सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ लागि निषेधाज्ञा घोषणा गरेको हो । प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भिड ह्वातै छ ।
कलंकी, बालाजु, कोटेश्वर लगायतका स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भिड देखिन्छ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् ।
विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिँडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ।
ट्राफिक प्रहरी महाशाखारामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रुले उपत्यकाबाट बाहिरिएका छन् ।
भट्टराईका अनुसार ७ हजार ९ सय गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका छन् ।
गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिँदैछन् ।
विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न