
काठमाडौं । महामारीविरुद्ध सारा विश्वले संघर्ष गरेको यो एक वर्षमा नेपाल सरकारले न बिग्रिएका अक्सिजन प्लान्ट बनाएको छ, न पर्याप्त सिलिन्डरको जोहो गरेको छ ।
अक्सिजन उत्पादनमा आत्मनिर्भर भए पनि अस्पताल–अस्पताल पुर्याउन सिलिन्डर अभाव हुने देखिएको छ । उद्यमीहरूले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न सुझाब दिएका छन्, तर नियमित प्रक्रियाबाट आयात गर्दा यसका लागि करिब दुई महिना लाग्ने देखिएको छ ।
नेपालमा पूर्व झापादेखि पश्चिम नेपालगन्जसम्म अक्सिजन उद्योग छन् । ती उद्योगले नेपाललाई आवश्यक अक्सिजन आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् । तर, अक्सिजन होइन, सिलिन्डर अभाव हुन सक्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघको भनाइ छ ।
खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले अधिकांश सिलिन्डर बाटोमै हुन्छन्, बिरामीको सेवामा थोरै मात्र सिलिन्डर लगाउन सकिने उद्योगीहरूको भनाइ छ । ‘सिलिन्डर अभावले समस्या हुन सक्ने देखेर तत्कालै आयातका लागि सरकारलाई सुझाब दिएका छौँ,’ संघका अध्यक्ष गौरव सारडाले भने ।नयाँ पत्रिकामा खबर छ ।
उद्यमीहरूका अनुसार अहिले अक्सिजन उत्पादन गर्ने पाँच ठूला उद्योगसँग करिब १२ हजार र अन्य १६ उद्योगसँग करिब दुई हजारका दरले अक्सिजन सिलिन्डर छन् । यसरी देशमा करिब ९० हजार सिलिन्डर सञ्चालनमा छन् । तर, यसको निश्चित लेखाजोखा अहिलेसम्म भएको छैन ।
संघले स्वास्थ्य मन्त्रालयलाई तत्काल ३०–४० हजार थान सिलिन्डर आयात गर्न सुझाब दिएको छ । कोभिडको महामारी बढ्दै गएको अवस्थामा अक्सिजनको चरम संकट हुन सक्ने भन्दै उद्योगीले सहज आपूर्तिका लागि सिलिन्डर आयात गर्न सरकारलाई सुझाब दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न