
काठमाडौं । कोरोना संक्रमण दिनानुदिन बढेको कारण भयावह स्थिती सिर्जना भइरहेको छ । यसले शेयर बजारमा पनि नकारात्मक प्रभाव पारेको प्रमाण स्वरुप आज साताको दोस्रो दिन नेप्से ओरालो लागेको चित्रले छर्लङ्ग पारेको छ ।
आज सोमबार नेप्से सूचक ६५ दशमलव ५८ अंकले घटेर २ हजार ५ सय ०६ दशमलव ५८ विन्दुमा रोकिएको छ । हालसम्म उच्च बैशाख २ गते २ हजार ७ सय ३५ विन्दुमा पुगेको नेप्से सूचक सोमबारसम्ममा २ सय ३० अंकमा झरेको छ ।
आइतबार ७ अर्ब माथिको शयर भएको कारोबार सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज २ सय २० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन १७१ वटा कम्पनीको शेयरमूल्यमा गिरावट देखिएको छ भने ८ वटाको कम्पनीको शेयरमूल्यमा मात्र बढेका अवस्था छ ।
विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । दुबै कम्पनीमा शेयरमूल्य झण्डै १० प्रतिशतले बृद्धी भएको हो ।
गुडविल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतले बढेको छ भने ग्लोबल आइएमई लघुवित्त तथा लाइफ इन्स्योरेन्स कर्पोरेशनको १ प्रतिशतभन्दा बढीले बढेको छ ।
रिलायन्स फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ०६ प्रतिशतले घटेको छ भने छ्याङ्दी हाइड्रोपावरको ७ दशमलव ५६ प्रतिशत, सिन्धु विकास बैंकको ७ दशमलव २७ प्रतिशत र युनाइटेड इदि मर्दि हाइड्रोपावरको ६ दशमलव ६७ प्रतिशतले घटेको छ ।
अपर तामाकोशीको सबैभन्दा धेरै ३१ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २५ करोड २९ लाख, पुनरविमा कम्पनीको २० करोड २४ लाख र नविल बैंकको १९ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ भने हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले घटेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न