• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

बैंकिङ क्षेत्रमा पुनः शुरू भयो कोरोना प्रभाव

काठमाडौं । बैंकहरूले कोरोना महामारीको दोस्रो लहर पैmलिएसँगै त्रास बढेपछि कर्जा र निक्षेप दुवै घट्न थालेको जनाएका छन् ।
चाँडै निषेधाज्ञाको हुन लागेको आंकलनको कारण उद्योगी–व्यवसायी र निक्षेपकर्ताले वित्तीयरुपमा सुरक्षित हुन खोजिरहेका छन् ।

यसैकारण, बैंकिङ क्षेत्रमा धेरै असर देखिएको हो । वैशाख महिनामा ब्याजदर बढाउने बैंक एवम् वित्तीय संस्थाको निर्णयले कर्जा प्रवाहमा असर गरेको पनि जनाइएको छ ।
 

पहिलो सातामा १७ अर्ब रूपैयाँ र दोस्रो सातामा ५ अर्ब गरी वैशाखको २ सातामा २२ अर्बले निक्षेप घटेको हो । उक्त पहिलो साता कर्जा प्रवाह ८ अर्बले ऋणात्मक बनेको छ ।
वैशाख महिनाका लागि बैंकहरूले ब्याजदर बढाएका छन् । चैत महिनासम्म आक्रामक ढंगमा कर्जा विस्तार बैंकहरूले तरलता अभाव हुन थालेपछि सो कदम चालेको बताएका छन् । अधिकांश वाणिज्य बैंकले वैशाख महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा निक्षेपतर्फको ब्याजदर बढाएको छ ।  जसकारण बैंकहरूको कर्जातर्फको ब्याजदमा पनि बृद्धी भएको छ ।

तेस्रो चौमासिकमा बैंकले गर्ने आम्दानीभन्दा ‘लोन प्रोभिजनिङ्ग’ को लागत बढी हुने गर्छ । जसकारण, बैंक तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न रुचाउँदैनन् । बैंकहरुले यस अवधिमा निक्षेपको ब्याजदर बढाएर तरलता सञ्चित गर्ने लक्ष्य लिने गर्छन् ।

वैशाख पहिलो सातामा ८ अर्ब रूपैयाँले कर्जा घट्यो भने दोस्रो साता केही सुधार भएर १७ अर्ब रूपैयाँ भएको छ ।
निषेधाज्ञामा आवतजावतमा कडाइ गरिने तथा सीमित बैंकिङ शाखाहरू मात्रै सञ्चालनमा आउने भएकाले सर्वसाधारणले नगद आफैसँग राख्न चाहन्छन् । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल बैंकिङ र एटीएम मेसीनबाट राष्ट्र बैंकको सीमाभन्दा बढी रकम झिक्न नपाइने भएकाले निक्षेपकर्ताले नगद होल्ड गरिरहेका छन् ।

काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएकोले निक्षेप तथा कर्जा दुवै थप घट्ने देखिन्छ । कोरोनाकहरको दोस्रो लहरका कारण लगानीकर्ताको मनोवलमा गिरावट आउँदा कर्जाको मागमा अहिले धेरै कमी आएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै