
काठमाडौं । वैशाख १३ गते देखि एनआइबीएल एस क्यापिटलको दोस्रो म्युचुअल फण्ड स्किम ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई विक्री खुला गरिएको छ ।
‘एनआइबीएल समृद्धि फन्ड–२’ १ अर्ब २० करोड बराबरको कुल इकाईमध्ये १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल तथा २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको जनाइएको छ । ९ करोड ६० लाखको बाँकी इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१० रुपैयाँ प्रतिइकाईमा आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकका अनुसार एनआइबीएल समृद्धि फन्ड–२ मा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिभर सबै इकाई बिक्री नभए आवेदन भर्ने मिति वैशाख २७ गतेसम्म रहनेछ ।
न्यूनतम १० लाखदेखि अधिकतम १ करोड २० लाख रुपैयाँसम्मे आवेदन दिन सकिनेछ । उक्त योजना व्यवस्थापक एन्आइबीएल एस क्यापिटल हो । जुन एनआइबीएल एसको व्यवस्थापनमा सञ्चालन हुन लागेको चौथो म्युचुअल फन्ड हो ।
पहिलाको ‘एनआइबीएल समृद्धि फन्ड–१’ आउदो पुषमा म्यचुअड हुनेछ । एनआइबीएल एस क्यापिटको अनुसार यसको लगानीकर्ताले पछिल्लो सात वर्षको अवधिमा १ सय १५ प्रतिशतभन्दा बढी आम्दानी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र राहत शिक्षकबीच मिल्यो कुरा, के भयो सहमती ?
- सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जना पक्राउ
- मोरङ्गमा नबिल बैंकको २६६ औं शाखा उद्घाटन
- गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कीर्तिपुरमा
- जावलाखेलमा जुत्ता चप्पल दशैं महोत्सव सुरु
- आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)