• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी (हेर्नुहोस् के खुल्छन्, के खुल्दैनन् ?)

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित तिन जिल्लामा सार्वजनिक र निजी यातायातका साधन वैशाख १६ गते देखि बन्द गर्ने निर्णय गरेको छ । 

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।    
 

उक्त बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिएका छन् । 

‘औपचारिक रूपमा निर्णय बाहिर आइसकेको छैन, १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । स्थानीय प्रशासन ऐन २०२८ अनुसार यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ, केही समयपछि हामी निर्णय सार्वजनिक गर्छौं ।’ एक जना प्रमुख जिल्ला अधिकारीले बताएका छन् । 

उनका अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ ।

एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन् । अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर स्वास्थ्यको मापदण्ड पालना गरि सञ्चालन गर्न पाइने छ । हवाई सेवा भने सुचारू हुने बताइएको छ । 

यस्तो निर्णयको लागि सिसिएमसीले पनि १६ गतेदेखि नै निषेधाज्ञा गर्नुपर्ने सुझाव दिएको थियो ।

यो निर्णय वैशाख १६ गते राति १२ बजेबाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै