• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

नेता थापाको प्रधानमन्त्रीलाई आग्रहः कोरोनाले तीव्र गति लियो रोकथाम गर्नतर्फ लाग्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण तीव्र रूपमा कोरोना बढिरहेकोले यसले भयावह स्थितिको संकेत देखाएकाले यसलाई रोक्न  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

सोमबार एक भिडिओ सन्देश जारी गर्दै सांसदसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री ध्यानाकर्षण गर्न आग्रह गरेका हुन् । 

थापाले संसद अधिवेशन चालु नरहेकोले आफूले भिडिओमार्फत् नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । 

‘कोरोनाको दोस्रो लहर तीव्र रूपमा बढिरहेको यसले भोली भयावह अवस्थाको ल्याउने संकेत गरेकोले यसलाई छिटै रोक्नुपर्ने भिडियो मार्फत् ध्यानाकर्षण गराएका छन् । 

‘यस्तो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन, संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु ।’ थापाले भनेका छन् । 

उनले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि प्रसंसद विघटन लगायतले अन्यत्र ध्यान मोडिएको बताएका छन् । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै