
चितवन । चितवन जिल्लामा कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ ।
अरु बेला सवारी चेकजाँच,सवारी साधनको कागजपत्र र सवारी चालक अनुमति पत्रको चेकजाँच गर्दै आएको प्रहरी पनि यतिखेर भने सडकमा उभिएर मास्क लगाउन सचेतना अभियान चलाईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेको छ । ठाउँठाउँमा रहेका प्रहरीले सवारी चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।
चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएका छन् । चितवन प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेतना कार्यक्रम संचालन गरिरहेको छ।अहिले जिल्ला प्रहरी कार्यालय चितवन मातहतका प्रहरीहरु निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेको छन् ।
मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिए। अधिकांशले मास्क बोकेर पनि नलगाएको पाइएको भन्दै उहाँले मास्क नै नलिई हिँडेकालाई प्रहरीले नै मास्क दिने गरेको बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको अधिकारीले बताए ।
देशभरका जोखिमयुक्त १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसमा पनि चितवन जिल्लाको भरतपुर महानगरपालिका क्षेत्र सबैभन्दा बढी जोखिममा रहेको भन्दै यहाँ मानिसको भीडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिएको छ ।
यहाँका विद्यालय समेत वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न पनि निर्देशन जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न