
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा ५९ प्रतिशतले बृद्धी भएको देखिएको छ ।
गत वर्ष ९ करोड ८९ लाख १० हजार रुपैँयाको खुद नाफा कमाएको कम्पनीले यस वर्ष भने १५ करोड ७६ लाख ८९ हजार रुपैँयाको नाफा कमाएको छ । कम्पनीको हाल अवधिसम्म सञ्चालन मुनाफा ५९ दशमलव ९८ प्रतिशत बढी २४ करोड ८९ लाख २५ हजार रुपैँया भएको छ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयरबाट चुक्तापूँजी बढाएर ३२ करोड ४५ हजार रुपैँया पुर्याएको छ । जहाँ कम्पनीको जगेडा कोष रकम भने ३२ करोड ९८ लाख २२ हजार रुपैँया रहेको छ । तुलनात्मक रुपमा यस वर्ष कम्पनीको जगेडा कोष २० दशमलव ६५ प्रतिशतले बढी कायम भएको जनाइएको छ ।
हाल कम्पनीले ३४ दशमलव ८२ प्रतिशत बढी २ अर्ब ४ करोड ३२ लाख ८३ हजार रुपैँया निक्षेप संकलन गरेको छ । त्यस्तै, ३८ दशमलव ६६ प्रतिशत बढी ६ अर्ब २७ करोड ३ लाख २८ हजार रुपैँया कर्जा प्रवाह भएको छ ।
कम्पनीले गत वर्षभन्दा ४४ दशमलव ४२ प्रतिशत बढी ३ अर्ब ७५ करोड ८१ लख १७ हजार रुपैँया कर्जा सापटी लिएको छ । गत वर्ष १ दशमलव ४४ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बृद्धी भइ ३ दशमलव १४ प्रतिशत भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६५ दशमलव ६९ रुपैँया रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय ३ दशमलव शून्य ५ रुपैँया रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार