
मोरङ । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको बीई दोस्रो सेमेस्टरको प्रश्नपत्र बाहिरिएको छ । उक्त कार्यमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको गोठगाउँमा ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएको हो ।
पक्राउ पर्नेहरूमा गोपाल कार्की, कोमल प्रसाद गौतम, विजय पोखरेल, मिन प्रसाद भट्ट , भरत पठन, विकास खड्का, निर्मल खड्का, महोत्तरी २९ वर्षीय नानिपथ मण्डल, जीवन कुमार यादव र महेश यादव रहेका छन्
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएको छ ।
उनीहरू उपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]