
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकताको पक्षमा लाग्न अपिल गरेका छन् ।
नेपालका प्रथम कम्युनिष्ट प्रधामन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसमा श्रद्धाञ्जली दिँदै नेता नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई एमाले एकताको पक्षमा लाग्न अपिल गरेका हुन् ।
यस्तै उनले अहिले कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न पनि सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक आह्वान गर्दछु ।’
नेपालले अहिले जनताले ठूलो मौका दिएको दिएको पनि बताए ।
कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरूलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरिब परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको बताएका छन् ।
उक्त कार्यक्रममा बोल्दै नेता नेपालले उनले शालीन र बौद्धिक व्यक्तित्व मनमोहनले जीवनभर सादा जीवन र उच्च विचार अंगिकार गरेको स्मरण पनि गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा त्यस्तो गुण नभएको आरोप समेत लागाएका छन् । लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार