• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

राष्ट्रिय वाणिज्य बैंकले तेस्रो त्रैमाससम्म ३ अर्बभन्दा बढी नाफा कमायो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल चालू आर्थिक वर्षकोे तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
सो अवधिभरको वित्तीय विवरण सोमवार सार्वजनिक गरिएको हो । गत साल भने बैंकको यस अवधिसम्मको खुद नाफा ३ अर्ब ३ करोड ६२ लाख ९३ हजार रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा यो वर्ष नाफा ७ दशमलव ७० प्रतिशत र्बद्धी भएको छ ।
 

बैंकले अहिलेसम्म सर्वसाधारणमा शेयर गरेको छैन । उक्त बैंकको वितरण योग्य नाफा ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रुपैयाँ छ र हाल चुक्तापूँजी ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको जनाइएको छ ।

यस अवधिसम्म जगेडा कोष रकम १७ अर्ब ६३ करोड ७ लाख ४९ हजार रुपैयाँ रहेको छ । बैंकले यो वर्ष २५ दशमलव ७१ प्रतिशत बढी २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार रुपैँया निक्षेप संकलन गरेको छ ।  त्यस्तै, ११ प्रतिशत बढी १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरिएको छ र निष्क्रिय कर्जा ३ दशमलव ६२ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै