
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
सोमवार बैंकले सार्वजनिक गरेको सो अवधिसम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षभन्दा यस वर्ष ४४ प्रतिशतले बढेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्म बैंकको नाफा १ अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ थियो भने यस वर्ष सञ्चालन नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएर खुद नाफा बढेको भनिएको छ ।
गत वर्ष २ अर्ब ८ करोड १३ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३ अर्ब ५ करोड ६४ लाख ८८ हजार रुपैयाँ यो नाफा कमाएको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको जनाइएको छ ।
बैंकले १० प्रतिशत बोनस शेयरबाट चुक्तापूँजी बढाइ ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ पु¥याएको जगेडा कोष रकम ५ अर्ब ९९ करोड ८१ लाख ३१ हजार रुपैयाँ भएको छ ।
बैंकले गत वर्षभन्दा २७ दशमलव २२ प्रतिशत बढी १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३५ दशमलव १२ प्रतिशत बढी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएको छ ।
यस वर्ष बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत वर्ष २ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष १ दशमलव ४८ प्रतिशत भएको छ । बैंकको तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी २४ दशमलव ७९ रुपैयाँ छ। त्यसैगरि, प्रतिशेयर नेटवर्थ १ सय ५२ दशमलव ८६ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार