
लुम्बिनी । लुम्बिनी प्रदेशका बाँके र बर्दिया गरी दुई जिल्लामा आज सोमबार मध्यरातिदेखि लागु हुने गरी लकडाउन जारी हुने भएको छ ।
कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि यी दुवै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सोमबार मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञारलकडाउन जारी हुने जानकारी दिएका हुन् ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा यसअघि नै लकडाउन जारी भइसकेको छ । छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दियामा लकडाउन जारी गर्न लागिएको हो ।
अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश सहित जिल्लाका अधिकांश स्थानमा ‘लकडाउन’को गरिने सोही सूचनामार्फ जानकारी गराइएको छ ।
स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी सूचनामा उल्लेख छ ।
जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न