• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

लोकसेवाले गर्यो हचुवाभरमा यस्तो गम्भीर त्रुटि

काठमाडौं । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ ।

आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित सिफारिस समितिले हचुवा र आफ्नै रुचिअनुसारका व्यक्ति छनोट गर्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ ।

समितिले त्यसरी तयार पारेको प्रतिवेदन गत ४ फागुन २०७७ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेस गरेको थियो ।

शिक्षक सेवा आयोग पदाधिकारी नियुक्ति अन्योलमै

लोकसेवा आयोगले हचुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेस गरेको दाबी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ ।

त्यसैले, मन्त्रालयले सो प्रतिवेदनलाई सरकारसमक्ष पेस गर्नुको साटो उल्टै लोकसेवा आयोगमा फिर्ता पठाइदिएको छ । योसँगै शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया थप अन्योलमा परेको हो ।

आयोग अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले तयार पारेको सिफारिस प्रतिवेदनमा शिक्षक सेवा आयोगका पदाधिकारी सिफारिस गरिएको भन्नुपर्नेमा कार्यविधिसम्बन्धी व्यवस्थामा स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक भन्ने वाक्यांश पर्न गएकाले सिफारिस समितिले हतारहतारमा हचुवाको आधारमा अध्यक्षलगायतका सदस्यको सिफारिस गरेको पुष्टि हुन्छ । आजको राजधानीमा समाचार छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै