
काठमाडौं । उदयपुर सिमेन्ट प्रालिले पछिल्लो तीन महिनाको अवधिमा रु ४९ करोड आम्दानी गरेको छ । उक्त आम्दानी चालु आर्थिक वर्षको ६ महिनाको आम्दानी बराबर हो । उद्योगले चालु आवको साउनदेखि पुष मसान्तसम्म रु ५२ करोड आम्दानी गरेको थियो ।
सो अवधिसम्म उद्योगले ६ लाख ९८ हजार ५८६ बोरा सिमेन्ट बिक्री गरेको थियो । गोपी न्यौपानेले उदयपुर सिमेन्ट प्रालिको महाप्रबन्धकको जिम्मेवारी सम्हालेपछिको सय दिनमा ६ लाख ६० हजार १७३ बोरा सिमेन्ट बिक्री भएको हो । चालु आ।वको साउनदेखि पुष मसान्तसम्मको तुलनामा पछिल्लो सय दिनमा सिमेन्ट उत्पादन र आम्दानी दुवै वृद्धि भएको उद्योगले जानकारी दिएको छ ।
उद्योगले पछिल्लो चार वर्षको उत्पादन इतिहास तोड्दै यही वैशाख ६ गते १७ हजार १६४ बोरा सिमेन्ट बिक्री गर्न सफल भएको छ । पुष मसान्तसम्म तत्काल तिर्नुपर्ने दायित्व रु ६६ करोड रहेकोमा उद्योगबाट नै कमाई गरी सरकारी राजस्व रु। ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी रु. ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी रु ३० करोड, अवकाश कोषमा रु चार करोड गरी कूल रु ४९ करोड भुक्तानी गरिएको उद्योगका सूचना अधिकारी लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्र्ने नसकेको रु २२ करोड रुपैँया समेत न्यौपान आएपछि उद्योगले भुक्तानी गरेको छ । महाप्रबन्धक नियुक्त भएदेखि न्यौपाने उद्योगको रणनीतिक सुधारमा खटिएका थिए । सन् १९९४ मा जापान सरकारको सहयोगमा उद्योगको स्थापना भएको थियो । २८ वर्षअघि जडान गरिएको मेशिनेरी औजार बारम्बार बिग्रिरहँदा उद्योगले पटकपटक क्षति व्यहोर्दै आएको छ । उद्योगले पछिल्लो समय भारतबाट प्राविधिक ल्याएर मेशिन मर्मत गर्ने गरेको छ ।
प्राविधिकले अहोरात्ररूपमा खटिएर ‘ब्रेकडाउन’ कम गर्न सफल भएको उद्योगले जनाएको छ । यो अवधिमा क्लिन सेल, मिल र कोलमिलको रोलर मर्मत गरी सञ्चालनमा ल्याइएको छ । न्यौपाने आएपछि उद्योगमा लाइनर, ड्राइफार्म लगायत उपकरण पनि नयाँ जडान भएको छ ।
उद्योगमा कोइला, जिप्सन, आइरन लगायत इन्धन तथा कच्चा पदार्थको मौज्दात शून्य भई अभाव हुने समस्या पनि अहिले समाधान भएको छ । न्यौपाने आएलगत्तै कच्चा पदार्थको मौज्दात व्यवस्थापन गरी माघ १० गतेदेखि नै नियमित रुपमा कारखाना सञ्चालन हुने व्यवस्था मिलाएका छन् । अहिले यार्डमा पाँच हजार मेट्रिक टनभन्दा बढी कोइला, एक हजार ५०० मेट्रिक टनभन्दा बढी जिप्सन र एक हजार मेट्रिक टन बढी आइरन, मौज्दात रहेको सूचना अधिकारी पोखरेलले बताए ।
उद्योगले एक वर्षभित्र एसपी (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आरएसपी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) सिस्टममा परिवर्तन गरी प्रतिदिन ३०० मेट्रिक टन क्षमता बढाई ८०० मेट्रिक टनबाट एक हजार १०० मेट्रिक टन उत्पादन लक्ष्य लिएको छ ।
एक वर्षभित्र एक मेगावाटको सोलार प्लाण्टबाट विद्युत् उत्पादन गरी विद्युत्को वैकल्पिक स्रोत प्रयोग व्यवस्था मिलाइने उद्योगले जनाएको छ । प्रतिदिन १ हजार १०० मेट्रिक टन उत्पादन गरी सिमेन्ट बिक्रीबाट रु चार अर्ब आम्दानी हुने उद्योगले प्रक्षेपण गरेको छ ।
उद्योगले अरबौंको क्लिंकर आयात प्रतिस्थापन गर्ने, नेपालमा स्थापित अन्य उद्योगलाई कच्चा पदार्थका रूपमा गुणस्तरीय क्लिंकर उपलब्ध गराउने, नेपाल भारत सिमामा रहेको भारतीय राज्य विहारमा निकासीको सम्भावना खोजी गरी निकासी गर्न सकिनेजस्ता मुलुकको हितमा हुनसक्ने बहुआयामिक अवसरको उपयोग गर्ने लक्ष्य लिएको सूचना अधिकारी पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई